
२६ पुस, पोखरा । न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरूवात गरेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमै न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो ।
न्यु डायमण्डले आर्मीलाई २५-१७, २५-२२, १३-२५, २५-१७ ले हरायो । यस्तै दोस्रो खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ३-१ कै सेटमा हरायो ।
एपीएफले साविक विजेता पुलिसलाई २६-२४, २५-१८, २३-२५, २५-२३ ले हरायो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4