+
+

हेटौंडास्थित सामसुङ सर्भिसमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते ९:१७

२७ पुस, हेटौंडा । मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले हेटौंडा–४ स्थित नारायणी महलमा रहेको सामसुङ सर्भिसमा तालाबन्दी गरेको छ ।

हिम इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि उमेश थापाले म्यान मकवानपुरको मानहानी गर्दै सामाजिक सन्जालमा अनावश्यक टिकाटिप्पणी गरेकाले तालाबन्दी गर्नु परेको म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले बताए ।

केही दिन अगाडि हिम इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि उमेश थापा र सामसुङ सर्भिसका एक कर्मचारीबीच विवाद भएको थियो । सो विवाद मिलाउन मोबाइल एसोसिएसन अफ नेपाल (म्यान)ले दुवै पक्षलाई वार्तामा बसालेको थियो । सोही दिन राति थापाले सामाजिक सन्जालमा म्यानको मानहानी हुने किसिमले अनावश्यक टिकाटिप्पणी गरेको म्यान मकवानपुरका अध्यक्ष लामाको भनाइ छ ।

म्यानको मानहानी गर्ने अभिव्यक्ति दिने थापालाई हेटौंडाबाट सरुवा गर्नु पर्ने र सामसुङ कम्पनीले लिखित माफी माग्नुपर्ने आफूहरुको माग रहेको लामाले बताए ।

तालाबन्दी गर्नुअघि म्यान मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । तालाबन्दी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका तेजराज अधिकारी,व्यवसायी महेन्द्र राउत, म्यान मकवानपुरका पदाधिकारी लगाएत मोबाइल व्यवसायीहरुको सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?