+
+

‘पुष्पा’ ब्लकबस्टर भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते ११:३६

२७ पुस, काठमाडौं । साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज चुलिएको छ । ‘पुष्पा’ले हिन्दी भर्सनमा  समेत बम्पर कमाइ गरेपछि रश्मिका उत्साहित छिन् ।

लकडाउनपछिकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा परेको ‘पुष्पा’की यी नायिकाले अब पारिश्रमिक पनि बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारीमा छ । ‘पुष्पा’को सिक्वेलमा पनि अल्लु अर्जुन र रश्मिकाकै मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका लागि रश्मिकाले ५० प्रतिशत बढी पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘पुष्पा’मा उनले २ करोड भारु पारिश्रमिक लिएकी थिइन् । तर, अब उनले ‘पुष्पा’को सिक्वेलका लागि ३ करोड पारिश्रमिक मागेको समाचारमा जनाइएको छ ।

केही बलिउड चलचित्रमा समेत काम गरिसकेकी रश्मिका चलचित्र हिट भएपछि पारिश्रमिक बढाउने पहिलो अभिनेत्री भने होइनन् । यसअघि बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, कंगना रनावतका अभिनेता कार्तिक आर्यन, साउथ स्टार यश लगायतले पनि सिक्वेलका लागि महंगो पारिश्रमिक बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?