+
+

करोडपति परेवा, जसको नाममा सयौं बिघा जमीन र लाखौँ नगद

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १३:४०

मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो ।

यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद सम्पत्ति छ ।

राजस्थानको नागौर जिल्लास्थित जसनगर गाउँमा ती परेवाहरूको नाममा करोडौं रुपैयाँको सम्पत्ति छ ।

परेवाको नाममा २७ वटा पसल, १२६ बिघा जमीन र बैंक खातामा ३० लाख भारु मौज्दात छ । यतिमात्रै होइन ती परेवाहरूको नाममा १० बिघा जमीनमा सञ्चालित ४७० वटा गाई रहेको गौशाला पनि रहेको छ ।

वास्तवमा ४० वर्षअघि पूर्वसरपञ्च रामदीन चोटियाको निर्देशनमा दुई उद्योगपतिहरूले उक्त परेवा कोषको स्थापना गरेका थिए ।

परेवाको संरक्षण तथा नियमित दानापानीको व्यवस्थाका लागि गाउँमा २७ वटा पसल सञ्चालन गरेर ती पसल पनि परेवाकै नाममा गरिदिएका छन् । त्यहीँ कमाइबाट कोषले पछिल्लो ३० वर्षदेखि दैनिक तीन बोरा चारो परेवालाई खुवाउने गरेको छ ।

कोषले दैनिक करीब चार हजार भारु खर्च गरेर तीन बोरा धान परेवालाई खुवाउने गर्दछ । गौशालाका गाईका लागि पनि दानापानीको व्यवस्था कोषले गर्दछ । पसलको भाडा, दूध बिक्री तथा कृषि भूमिको भाडाबाट हुने आय पनि परेवा कोषमा दाखेल गरिन्छ । परेवा संरक्षण तथा पालनमा हुने खर्च कटाएर बाँकी रकम बैंकमा राखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?