+
+

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १४:१२

२७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको  रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?