+
+

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:११

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८।७९ को लेखापरीक्षक नियुक्त गरी
बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८०० कायम हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रत्यक्षरुपमा संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत गृहहरु नियमित रुपमा संचालन भैरहेका छन् ।

साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत गृह र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत गृहको संचालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको जानकारी समेत प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?