+
+

हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ११:२७
विपिन कार्की । फाइल तस्वीर

२८ पुस, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।

विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको हो । विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् ।

विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए ।

सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई विशालले निर्देशन गर्दैछन् ।

अभिनेता रणवीर कपूरसँग यसअघि कलाकार भोलाराज सापकोटाले चलचित्र ‘बर्फी’मा पर्दा शेयर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?