+
+

उजुरी परेपछि अन्त्येष्टिका लागि लगिएको शव बाटोबाटै फर्काइयो

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २८ गते १७:०८

२८ पुस, विराटनगर । मोरङको केराबारीमा अन्त्येष्टिका लागि लगिएको एक महिलाको शव बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० वर्षीय सोमनी ऋषिदेवको बुधबार मृत्यु भएको थियो ।

४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृत्यु भएको थियो । उनको मृत्यु कालगतिले भएको भन्दै श्रीमान‍्ले अन्त्येष्टिका लागि लैजाँदै गर्दा प्रहरीले शव नियन्त्रणमा लिएर अस्पताल पठाएको हो ।

शंकास्पद मृत्यु भएको उजुरीपछि पुगेको प्रहरीले बोटोबाटै शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएकाले पोष्टमार्टमका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान प्रहरीलाई शंकास्पद अवस्थामा मृत भेटिएको सूचना पुगेको थियो । तर प्रहरी घटनास्थल पुग्नुअघि नै आफन्तले उनको शव उठाएर सन्दरहरैंचातर्फ ल्याउँदै थिए । घरबाट सद्गदका लागि लैजाने तयारी थियो । प्रहरीले मृतकका श्रीमानमाथि अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?