+
+

नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १३:४४

२९ पुस, विराटनगर। नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन । एमिबिएसकाे अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीकाे माग सम्बाेधन गर्न चासाे नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेकाे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालिएका थिए भने गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?