
२९ पुस, स्याङजा । नागरिकताका लागि सिफारिस बनाइदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कूलबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस लिएर दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा बदनियतपूर्ण सिफारिस गरिदिएको ठहर गर्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि दोहोरो नागरिकता बनाइदिने प्रयोजनका लागि एक लाख ३५ हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
अख्तियारले उनीहरूविरुद्ध एकलाख ३५ हजार बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4