+
+

ओमिक्रोनको संक्रमण रोकथामका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १९:४७

२९ पुस, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले प्रदेश २ लाई पनि क्षति गर्न सक्ने भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा बस्नुको विकल्प नरहेको बताएका छन् ।

मुख्यमन्त्री निवास मधेश भवनमा बिहीबार सम्पन्न प्रदेश कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्नका लागी तयारी अवस्थामा रहन सरोकारवालालाई निर्देशन दिए ।

ओमिक्रोन भेरियन्टसँग लड्न प्रदेशस्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने तयारीको विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो ।

बैठकका सहभागीहरुले प्रदेशभरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड-१९ सँग लडन आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा आगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीहरुबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्यसँग सम्बन्धित निकायका प्रमुखहरु, विज्ञहरुसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?