+
+

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते ७:१८

३० पुस, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको हो ।

सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएकाे आयोगले जनाएकाे छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।

अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?