+
+

धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १०:५८

३० पुस, काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज बिहान टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको छ ।

टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । सो दुर्घटनामा चालक र परीचालक च्यापिएका थिए ।

यसैगरी दाङको दंगिशरण गाउँपालिका ४ हेकुलीमा रोकिराखेको ट्याक्टरमा, अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार ५० वर्षीय नेत्र बुढाथोकी (दीपक) रहेका छन् ।

घाइते भएका उनको उपचारका क्रममा आज बिहान ५ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चालक स्थानीय १७ वर्षीय मनिष चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?