+
+

फ्राइडे रिलिज : हलमा ‘चपली हाइट ३’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १२:३२

३० पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ ।

निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनले कोरोना महामारीका कारण ठप्प बन्न थालेको चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि जोखिम मोलेको बताएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा तयार पारिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

निर्माता अर्जुन कुमारले हल सबैभन्दा सुरक्षित स्थान भएकाले ढुक्क भएर चलचित्र हेर्न दर्शकसँग अनुरोध गरेका छन् । चलचित्र रिलिजका क्रममा आफूले दिएका विभिन्न बयानले कसैको मन दुखेको खण्डमा माफी समेत माग्दै अर्जुनले कलाकार र प्राविधिकले चलचित्रका लागि ठूलो साथ दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?