
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका-१० स्थित प्रदेश नम्बर–२ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब यसै बैंकमार्फत नै हुने बताए । यसबाट अस्पतालमा उपचार गराउन आउने बिरामीलाई पनि सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज पुग्ने उनले बताए ।
मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपालकुमार तिब्रेवाल, अस्पतालका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4