+
+

सञ्चारमन्त्री कार्कीको दोस्रो रिपोर्ट पनि नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १६:१९

३० पुस, काठमाडौं । सञ्चार तथा सूचना  प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड-१९ परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले जानकारी दिए ।

दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।

यसअघि आइतबार गरिएको उनको पहिलो पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ नै आएको थियो । कन्ट्याक ट्रेसिङमा परेका कारण उनले शनिबारदेखि नियमित भेटघाटलाई बन्द गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?