+
+

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १६:५४

३० पुस, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?