+
+

सरकार स्थानीय चुनाव पन्छाउन खोज्दैछ : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १८:०३
फाइल तस्वीर

३० पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले स्थानीय तहको निर्वाचनको विषयमा निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले काम नगरेको बताएका हुन् ।

‘निर्वाचन आयोगको प्रष्ट भनाइ छ, न म्याद थप गर्न सकिन्छ, न स्थानीय तहहरुले प्रयोग गर्दै आएको अधिकार अरु कसैलाई हस्तान्तरण गर्न सकिन्छ । त्यसो भएको हुनाले चुनावको विकल्प छैन,’ उनले भने, सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिस अनुसार कुनै निर्णय गरेको छैन । के सरकार स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरी 0५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंकाहरु पैदा भएका छन् ।’

उपमहासचिव ज्ञवालीले सरकारले ललिता निवासको सरकारी जग्गा कीर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरुलाई ढाकछोप गर्न खोजेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?