+
+

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते २०:३६

३० पुस, काठमाडौं । शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शुक्रबार जितेका छन् ।

गोकर्ण गल्फ क्लबको पार-७२ मा शुक्रबार सम्पन्न सिजनको तेस्रो प्रतियोगितामा शुक्रले रवि खड्कालाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । यस सिजन शुक्रको यो दोस्रो उपाधि हो । यसअघि उनले धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए ।

शुक्रबार एक ओभर ७३ स्कोर गरेका शुक्रले समग्रमा १० अन्डर २७८ स्कोर गरे । दोस्रो भएका रवि खड्काले ९ अन्डर २९७ स्कोर गरे । रविले शुक्रबार ४ अन्डर ६८ स्कोर गरेका थिए । भुवन नगरकोटी ६ अन्डर २८२ स्कोर गर्दै तेस्रो भए । उनले शुक्रबार एभन पार ७२ स्कोर गरेका थिए ।

च्याम्पियन शुक्रले उपाधिसंगै १ लाख ३५ हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै रविले ८८ हजार हात पारे । भुवनले ६५ हजार प्राप्त गरे ।

१३औं सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङले एमेच्योरतर्फको ट्रफी जिते । समग्रमा चौथो भएका उनले ४ अन्डर २८४ स्कोर गरे । सद्भाव आचार्य एमेच्योरतर्फ दोस्रो भए । उनले ५ अन्डर २९३ स्कोर गरे ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा ३९ प्रो र १९ एमेच्योरसहित कूल ५८ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?