+
+
प्रधानमन्त्री कप क्रिकेट :

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १२:२८
नेपाल पुलिस क्रिकेट टिम ।

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो ।

समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो ।

तर प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।

पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ ।

शनिबारै हुने तय भएको बागमती र गण्डकीबीचको दोस्रो खेल भने निर्धारित समयमा हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?