+
+

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ९:०१

२ माघ, जनकपुरधाम । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रंजित यादवका अनुसार बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि यस उपर छलफल हुनेछ ।

प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।
समितिमा पटक-पटक छलफल भएपनि सहमति हुन सकेको छैन् । दलहरू आ-आफ्नै अडानमा छन् ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।

राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

दलहरूले आफ्नो अडान राख्दा पनि कसैसँग दुई तिहाई छैन् । कुल १०४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

मधेश प्रस्ताव दर्ता गराउने जसपाका ३९, लोसपाको १६ र माओवादीका ८ गरी ६३ सांसद पुग्छन् । यसमा एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादीले पनि समर्थन गरेका छन् । तर नाम पारित गराउन दुई तिहाई बहुमत अर्थात् ७० सांसद चाहिन्छ । जो कसैसँग पनि छैन् ।

सत्ता पक्षले अन्य दलबाट ६ सांसदलाई भित्रभित्रैबाट तान्ने प्रयास गरेका छन् ।

सहमति नभएपछि सोमबार बिहानदेखि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?