+
+

स्थगित भएको पुलिस र प्रदेश १ को खेल सोमबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १०:३९

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ ।

समूह ए मा रहेका पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको थियो ।

प्रदेश १ को म्यानेजमेन्टले खेलाडीहरूको कोरोना परीक्षण गर्न माग गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल स्थगित गरेको थियो ।

प्रदेश १ का खेलाडीहरुको कोरोना परीक्षण गर्दा एक खेलाडीमा मात्र पोजेटिभ आएको र स्थगित खेल सोमबार हुने क्यानले जनाएको छ ।

आइतबारै प्रदेश १ र सुदूरपश्चिम बीचको खेल भने पूर्व निर्धारित तालिका अनुसार नै भइरहेको छ ।

समूह ए बाट पुलिस समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । प्रदेश १ को २ खेलमा १ अंक छ र सेमिफाइनल पुग्न दुवै खेल ठूलो अन्तरले जित्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?