+
+

‘कलरवाली’ नामले चर्चित बघिनीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते ९:५१

३ माघ, काठमाडौं । ‘कलरवाली’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको छ । २९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो ।

१७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।

वनमन्त्री डा. कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मध्य प्रदेशलाई टाइगर स्टेटको दर्जा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी रानी अब रहिनन् । प्रदेशमा २९ डमरुकी आमा सुपर टाइग्रेस ममप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । रानीको योगदानका कारण आज हाम्रो प्रदेश टाइगर स्टेटको रुपमा ख्याती कमाइरहेको छ ।’ अन्य वन्यजीव प्रेमीहरुले पनि कलरवालीको मृत्युमा शोक व्यक्त गरेका छन् ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?