+
+

प्रदेश मन्त्री रानाले गरे गुल्मी अस्पतालको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १४:३५

३ माघ, गुल्मी । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा सोमबार मन्त्री रानाले निर्माणाधीन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा पनि जानकारी लिएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले मन्त्री रानालाई समग्र अस्पतालको बारेमा जानकारी गराएका थिए । गुल्मी अस्पतालमा सामाजिक सेवा इकाई मार्फत असहाय गरिबको लागि सेवा भइरहेको पनि पच्याले जानकारी गराए ।

विशेषज्ञ डाक्टरको अभाव भएकोले यसमा ध्यान दिन मन्त्री रानालाई डाक्टर पच्याले आग्रह गरे । आर्थिक अभावमा कोभिड-१९ परिक्षण प्रयोगशाला बन्द भएको र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।

निर्माणधिन गुल्मी अस्पतालको २० प्रतिशत भौतिक काम सकिएको पनि मन्त्री रानालाई जानकारी गराइएको छ । उक्त अस्पताल तोकिएको समयमा निर्माण सम्पन्न गर्न मन्त्री रानाले निर्देशन दिए ।

उक्त अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको जिल्ला आयोजना इकाई पाल्पामार्फत भारत सरकारको आर्थिक् सहयोगमा स्वच्छन्द बानियाँ जेभीले काम गरिरहेको छ । मन्त्री रानाले बढ्दो कोभिड संक्रमणलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्न अस्पताललाई निर्देशन दिए ।

मन्त्री रानाले कोभिडको संक्रमण व्यापक रुपमा फैलिन नदिन तयारी गरिहाल्न डा. पच्चालाई निर्देशन दिए । उनले गुल्मी अस्पताललाई बिरामी उपचारको लागि आउँदा झन् बिरामी हुने बाताबरण भएको भन्दै स्वच्छ, सफा र आनन्दमय बाताबरण बनाउन आग्रह गरेका थिए ।

गुल्मी अस्पतालको नयाँ भवन बन्दै गरेकाले अहिले पुरानो र जिर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ । जसले गर्दा अस्पतालको रङ्ग रोगन समेत नहँुदा अलि जिर्ण देखिन्छ ।

मन्त्री राना लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बिशेष गरी गुल्मी अस्पतालको अनुगमन गर्न गुल्मी आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?