+
+

यूएईमा ड्रोन हमला

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १८:२३

३ माघ, काठमाडौं । यमनको सशस्त्र संगठन हुथीले संयुक्त अरब इमिरेट्समा आक्रमण गरेको बताएको छ ।

इरान समर्थित हुथीले संयुक्त अरब इमिरेट्स (यूएई) मा आक्रमण गरेको अल अरेबियाले जनाएको छ । राजधानी अबुधाबीको प्रहरीले समेत २ स्थानमा आगलागी भएको जनाएको छ । सोमबार बिहान ३ वटा तेल ट्याङ्करमा विस्फोट भएको र निर्माणाधीन नयाँ विमानस्थलमा आगो लागेको प्रहरीको भनाइ छ ।

अबुधाबी प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार संभावित ड्रोन हमलाका कारण तेल ट्याङ्करमा विस्फोट र विमानस्थलमा आगो लागेको हो । हाल ट्याङ्कर र विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ड्रोन हमलामा खासै ठूलो क्षति नभएको पनि समाचारमा उल्लेख छ ।

यमनमा जारी युद्धमा साउदी अरबले नेतृत्व गरेको हुथीविरुद्धको गठबन्धन सेनामा यूएईको समेत सहभागिता रहेको छ । केही समयअघि हुथीले लाल सागरमा यूएईको पानीजहाज कब्जामा लिएपछि दुबै पक्षबीच आरोप-प्रत्यारोप जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?