+
+

विद्यालयको रकम चर्को ब्याजमा लगानी गरेको भन्दै अख्तियारमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १३:१४

३ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५, खनियापानीको जलदेवी माविमा विद्यालयको रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

प्रधानाध्यापक रामेश्वर खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि जर्गाको मिलेमतोमा विद्यालयको रकम विनाधितो वार्षिक २४ प्रतिशतका दरले ब्याजमा लगानी गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

उजुरीमा यसरी ५५ लाख २७ हजार रुपैयाँ विभिन्न ठाउँमा लगानी गरिएको दाबी गरिएको छ । ‘यसरी ब्याज असुली भएको रकममध्ये केही रकम निजी श्रोतका शिक्षकहरुलाई तलब वापत दिइ बाँकी रहन गएको रकम भ्रष्टाचार भएको छ’ उजुरीमा भनिएको छ ।

विद्यार्थीका लागि दिइँदै आएको दिवा खानामा पनि आर्थिक अनियमिता भएको आरोप उजुरीमा लगाइएको छ । विद्यालयमा कक्षा १ देखि ५ सम्म ४० जना पठनपाठन गरिँदै आएकोमा ९० जनाको फर्जी विवरण गाउँपालिकाको कार्यालयमा पेश गरिएको दाबी गरिएको छ ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय, रामेछापलाई पत्र काटेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले ‘विद्यालयबारे केही उजुरी’ आएको पुष्टि गरेपनि विस्तृतमा उल्लेख गरेनन् ।

‘केही उजुरी आएका छन्, मान्छे बोलाएर सोध्ने, बुझ्ने काम भइरहेको छ’ उनले अनलाइनखबरसँग भने, ‘जनशक्ति थोरै छन्, स्थलगत गएर अनुगमन गरेर पनि अध्ययन गर्छौं र प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?