+
+

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १४:०७

४ माघ, जनकपुरधाम । मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।

बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?