+
+

काठमाडौं प्रशासनले भन्यो : प्रयोग गरिएका मास्क ५ दिनपछि मात्रै विसर्जन गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १९:३९

४ माघ, काठमाडौं । प्रयोग गरिएका मास्क पाँच दिनपछि मात्र विसर्जन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

कोरोना नियन्त्रणका सम्बन्धमा आज २७ बुँदे नयाँ आदेश जारी गर्दै प्रशासन कार्यालयले प्रयोग गरिएका मास्क डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरेर सुरक्षित साथ राख्न र पाँच दिनपछि मात्र विसर्जन गर्न भनेको हो ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेका मास्क नफाल्न प्रशासनले भनेको छ । कोरोना परीक्षणको नतिजा नेगेटिभ आए पनि कम्तीमा पाँच दिन होम क्वारिन्टिनमा अनिवार्य बस्न पनि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलबा जारी भएको आदेशमा लेखिएको छ, ‘विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तिमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?