
४ माघ, काठमाडौं । २ माघमा काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा आएको समस्याबारे छानविन गर्न सरकारले कार्यदल गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार यस विषयमा छानविन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन भएको हो । कार्यदलको संयोजक क्या. दधिराम निरौला तोकिएको छ । उनी नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक हुन् ।
समितिको सदस्यमा नसिव आचार्य (इलेक्ट्रोनिकल इन्जिनियर/पर्यटन मन्त्रालय), सावित्री श्रेष्ठ राई (क्याविन क्रु निरीक्षक/प्राधिकरण) र सदस्य सचिवमा रितेशराज पन्त (पर्यटन मन्त्रालय) तोकिएको छ ।
कार्यदलले गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको घटनाबारे छानविन गरी सत्य सथ्य पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझाव समेत दिने भएको छ ।
प्रतिक्रिया 4