+
+
Shares

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ७:२८

५ माघ, बार्सिलोना । नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ ।

दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।

एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो । ‘बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु-याइएको थियो । तर उपाचार हुँदै गर्दा उहाँको निधन भएको हो,’ पूर्वअध्यक्ष शर्माले भने।

गम्भीर चोट लागेर घाइते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।

स्कुटरमा सवार दुई जना पनि घाइते भएको बताइए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले  बताए।

विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए । उनी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको मृत्युप्रति दु:ख व्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गुमाएको बताए।

आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अन्त्येष्टि गरिँदैछ । 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?