+
+

अनमोलका फिल्म घोषणामै सीमित, ‘स्क्रिप्ट’बाहेक काम अघि बढेन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ११:५३
काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेता अनमोल केसी । फाइल तस्वीर

५ माघ, काठमाडौं । अभिनेता अनमोल केसी नेपाली चलचित्रका सर्वाधिक माग भएका नायक हुन् । उनलाई लिएर चलचित्र बनाउन निर्माताहरु तँछाडमछाड नै गर्छन् । अनमोलका लागि महंगो पारिश्रमिक तिर्न पनि निर्माता तयार छन् ।

तर, दुर्भाग्य नै भन्नुपर्छ अनमोलले साइन गरेका चलचित्र बन्ने नबन्ने नै टुंगो लाग्न सकेको देखिँदैन । चलचित्र ‘ए मेरो हजुर’को दुईवटा सिरिजमा काम गरेका अनमोलले यस बीचमा झण्डै आधा दर्जन चलचित्रमा काम गर्ने पक्का जस्तै भयो ।

तर, यी सबै चलचित्र स्क्रिप्टभन्दा अघि बढ्न सकेका छैनन् । अनमोलले निर्देशक मिलन चाम्ससँग मिलेर चलचित्र ‘ब्याचलर बन्टी’मा काम गर्ने पक्का भएको थियो । तर, सम्झौता रकम नै फिर्ता गरेर उनले चलचित्र छाडे ।

यसैगरी निर्देशक साम्तेन भुटियासँग चलचित्र ‘धुपौरे’मा अनमोलले काम गर्ने पक्का भएको थियो । चलचित्रको लोकेसन हेर्न अनमोल आफैं पुगेका थिए । तर, अनमोलले विविध कारण देखाउँदै यो चलचित्र पनि छाडे ।

यसपछि अनमोललाई नै लिएर उनका बुवा भुवन केसीले तीनवटा चलचित्र घोषणा गरे । ‘एन्टी हिरो, पारस र माइतीघर २’ अनमोलको होम प्रोडक्सनबाट नै बन्ने भयो । तर, यी तीनै चलचित्रको भविष्य अझै अन्योलमा छ । भुवन केसी भने तीनवटै चलचित्र बन्ने दाबी गरिरहेका छन् ।

अनमोलले होम प्रोडक्सन बाहिरको ‘एक्स ९’ नामक चलचित्र पनि साइन गरे । फेब्रअरीबाट चलचित्रको छायांकन गर्नेगरी यसको वर्कआउट पनि शुरु भयो । अनमोलले शरीर सुगठित बनाए । दिनभर जिममा समय खर्च गरे । तर, अब यो चलचित्र पनि बन्ने वा नबन्ने टुंगो छैन । बुझिएअनुसार, यो चलचित्रको छायांकन पर धकेलिएको निर्देशक मुकुन्द भट्टले आफ्नो टिमलाई जानकारी दिइसकेका छन् । यो चलचित्र अब बन्दैन भन्ने चर्चा समेत सुनिएको छ ।

यसरी हेर्दा अनमोल केसीले काम गर्ने भनिएका चलचित्रहरु स्क्रिप्टमै मात्र सीमित हुने देखिएको छ । यसले अनमोलको करिअरलाई समेत घाटा पु¥याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?