
५ माघ, काठमाडौं । यही जनवरी ३१ का लागि तय गरिएको सांगीतिक क्षेत्रको विश्व प्रसिद्ध ग्रामी अवार्ड निर्धारित मितिमा नहुने भएको छ ।
कोरोना संक्रमणको तेस्रो लहर विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकाको लस एन्जलसमा हुने भनिएको अवार्ड कार्यक्रम पछि सारिएको हो ।
६४ औं ग्रामी अवार्डको नयाँ मिति अप्रिल ३ लाई तोकिएको छ । अवार्ड समारोह लस भेगासमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस पटकको ग्रामी अवार्डका लागि चर्चित कलाकारहरु जस्टिन बिबर, बिली इलिस, ओलिविया मनोनयनमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4