+
+

कर्मचारीमा कोरोना देखिएपछि कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १६:२८

५ माघ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ । तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बुधबार एक सूचना जारी अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका हुन् ।

उनले राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको जानकारी दिएका छन् ।

‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइनख आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

कास्कीमा बुधबारसम्म १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामामात्रै कास्कीमा ३ सय ६५ जना संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?