+
+

माई पे वालेटबाट हवाई टिकट बुक गर्दा एक हजारसम्म क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २१:२३

माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा पनि थालेको छ । नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ । हाल यस माई पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथमा हरेक दिन माई पे मार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत दिइने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि रहेको बताइएको छ । यसका साथै वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

वालेट मार्फत ग्राहकले हवाई टिकट बुकिङसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबलकारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरु समेत पाउने छन् । यसका साथै एक बैंक खाताबाट अर्को खातामा मात्र १ रुपैयाामा रकम पठाउन सकिने सुविधा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?