+
+

इजरायल उडे ९९ नेपाली, निर्माण क्षेत्रमा पनि श्रमिक लैजान छलफल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २१:३६

५ माघ, काठमाडौं । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भइ पहिलो चरणमा ९९ जना नेपाली श्रमिकहरु इजरायल प्रस्थान गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरे ।

निजी क्षेत्र तथा बिचौलीयारहित सरकार-सरकार -जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएपनि आˆनो कार्यकालमा सफलता प्राप्त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् ।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्िसरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिव २लाख रुपियाँ पारिश्रमिक पाउनेछन् । मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा-सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएका छन् ।

निर्माणमा पनि अवसर दिन छलफल

योसँगै इजरायल र नेपाल सरकारबीच इजरायलको निर्माण क्षेत्रमा नेपाली श्रमिकलाई काम दिन अर्को समझदारी एमओयू गर्ने गरी छलफल अघि बढाउने सहमति भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत गोदरबीच एक कार्यदल बनाएर नेपाली श्रमिकलाई इजरायलको निर्माण क्षत्रेमा थप अवसर दिनेबारे छलफल गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?