+
+

स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ७:१९

६ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो ।

पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ ।

हाल कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?