+
+

रुपन्देही प्रशासनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १०:३८

६ माघ, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भीडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दा सम्बन्धी काम र अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू माघ ६ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरेको जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचय पत्रलगायतका सेवाहरू स्थगन भएको उल्लेख छ । प्रशासनले अत्यावश्यक सेवा लिन आउनेका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?