+
+

सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ११:४३

६ माघ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हवार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायाम भएको छ । बुधबार ९२ हजार ७ सयमा छापावाल र ९२ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै बुधबार तोलामा एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?