+
+

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा वृद्धि

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले चालु आर्थिक वर्षमा एक करोड ११ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । सगरमाथ क्षेत्र भ्रमणमा आउने पर्यटकहरूको आगमन दस्तुरसँगै विविध शीर्षकमा उक्त राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १३:२२

६ माघ, सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले चालु आर्थिक वर्षमा एक करोड ११ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।

सगरमाथ क्षेत्र भ्रमणमा आउने पर्यटकहरूको आगमन दस्तुरसँगै विविध शीर्षकमा उक्त राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए ।

सहायक संरक्षण अधिकृत रोकायका अनुसार सगरमाथा क्षेत्रमा चालु आर्थिक वर्षमा पर्यटकको चहलपहल शुरू हुँदै गर्दा पुनः कोरोना संक्रमणदर उकालो लागेपछि पर्यटकको आगमनमा धक्का लागेको छ । उनका अनुसार गत वर्षको तुलनामा पर्यटकको संख्या बढ्दो क्रममा रहे पनि पछिल्लो दुई हप्तायता आगमन ह्वात्तै घटेको छ ।

गत आर्थिक वर्षभर सगरमाथा क्षेत्रमा तीन हजार ८७१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यस अवधिमा एक करोड २१ लाख २५ हजार ८३६ रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस वर्षको साउनदेखि पुससम्म आठ हजार ५७ जनाले सगरमाथा क्षेत्र प्रवेश गरेका छन् भने एक करोड ११ लाख २१ हजार १३ रुपैयाँ राजश्व संकलन भएको छ । उनका अनुसार नेपालीले प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रतिव्यक्ति राजश्व बुझाउनुपर्छ ।

चालु आर्थिक वर्षमा सगरमाथा क्षेत्रको संकलित राजश्वमध्ये साउन महिनामा ४० हजार २८ रुपैयाँ संकलन गरेको छ । त्यस्तै भदौमा एक लाख ५५ हजार दुई रुपैयाँ , असोजमा १८ लाख २५ हजार ५५१ रुपैयाँ, कातिकमा ५४ लाख १३ हजार ७१३ रुपैयाँ, मंसिरमा २७ लाख ७० हजार २८१ र पुसमा एक लाख १६ हजार ४३६ रुपैयाँ राजश्व संकलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत रोकायले जानकारी दिए ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शल्कसँगै भरिया प्रवेश शल्क, शाहसिक पर्यटन शुल्क (प्यारग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाईट), वन पैदावार शुल्क, हेली ल्याण्डिङ शुल्क आदि शीर्षकमा राजश्व संकलन गर्दै आएको छ ।

सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?