+
+

स्रोत नखुलेको ९ लाख ९० हजार नगदसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते ८:२३

७ माघ, सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल छन् ।

राजविराज नगरपालिका ५ मा प्रदेश नं.२–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

दुवैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?