+
+

उपत्यकामा कुन-कुन सवारी साधनमा जोर बिजोर लागू हुँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १४:५३

७ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै आज (शुक्रबार) राति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुँदैछ । सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले जोरविजोर लागू गर्ने आदेश जारी भइसकेको छ ।

शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालय ललितपुरले अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे समेत जानकारी गराएको छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउनेछन् ।

यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्ति मार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुनेछैन ।

पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी सधान तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने ललितपुर प्रशासनले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?