+
+

वीपी प्रतिष्ठानमा एकैदिन तीन संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितका मृत्यु भएको छ । प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ६२ वर्षीय महिला, ८० वर्षीय एक पुरुष र अर्का एक व्यक्तिको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते २०:०२

७ माघ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितका मृत्यु भएको छ ।

प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ६२ वर्षीय महिला, ८० वर्षीय एक पुरुष र अर्का एक व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्तिहरु प्रायः दीर्घरोगी रहेको पाइएको उनले बताए । अहिलेको अवस्थामा ओमिक्रोनको संक्रमण दीर्घरोगी तथा जेष्ठ नागरिकलाई बढी असर गर्ने गरेको उनले बताए ।

पछिल्लो समय अस्पताल भर्ना हुने तथा मृत्यु हुने तथ्यांकले पनि दीर्घरोगीलाई बढी जोखिममा रहेको देखाएको उनको भनाइ छ ।

प्रतिष्ठानको तथ्यांकले २६ पुसबाट कोरोनाको संक्रमणदर वा भर्ना हुने संख्या बढेको देखाउँछ ।

दैनिक गरिएको कोरोना परीक्षणमा ५२ प्रतिशतसम्म संक्रमण पुष्टि हुने गरेको तथ्यांकले देखाउँछ ।

‘कोरोना परीक्षण गरेका हरेक दुई जनामध्ये एक जनामा संक्रमण पुष्टि हुने गरेको छ,’ डा. पोखरेल भन्छन् ,‘अहिले संक्रमण दरका साथै भर्नाहुने संख्या बढीरहेको छ ।’

शुक्रबार ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले बताए । जसमध्ये ८० प्रतिशतभन्दा बढी आईसीयू र एचडीयूमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?