+
+

एमसीसीबारे सुझाव दिन माओवादीले गठन गर्‍यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १२:३०

८ माघ, काठमाडौं । नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्काे आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए ।

‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ’ उनले भने, ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने निर्णय भएको छ ।’

साथै शनिबार पेरिसडाँडामा बसेको बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफलसमेत भएको पूर्वसभामुखसमेत रहेका नेता महराले बताए ।

बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?