+
+

विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : राप्रपा अध्यक्ष लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते ९:३७
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले, पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए ।

आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन पत्र पठाएको थियो । त्यसबारे छलफल गर्न अध्यक्ष लिङ्देनले आज पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकपछि आयोगलाई पत्र पठाउने उनले बताए ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘संविधानको कोट गरेर निर्वाचन आयोगले हामीलाई जुन प्रश्नहरु पठाएको छ त्यो नै गैरसंवैधानिक छ । किनभने संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था छ । त्यसैले उसको प्रश्न नै संविधान विपरीत छ, संविधानको मर्म र भावना विपरीत छ । हामीले यो कुरा लेखेर पठाउँछौं ।’

यसअघि २०७३ साल फागुन ६ गतेदेखि १० गतेसम्म काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित हिन्दू राष्ट्र एवं राजसंस्था सम्बन्धी वाक्यांशहरु हटाएर निर्वाचन आयोगले विधान प्रमाणित गरेको थियो ।

निर्वाचन आयोगले हालै माओवादी केन्द्रलाई पनि विधानमा रहेको ‘वर्ग संघर्ष’, ‘साम्यवाद’ जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?