+
+

लुम्बिनी अस्पताल र पत्रकार महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:२४

९ माघ,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ ।

कोरोना संक्रमण जाँच र उपचार सहजरुपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडियू र आईसीयूका एक÷एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुने छ ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालबीचमा भएको सम्झौता अनुसार सबै सेवा लिनका लागि महासंघको सिफारिस चाहिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?