
यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखी सहज र सुफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई-क्याबले सेवा शुभारम्भ गरेको छ । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो शुक्रबार यो सेवाको एक कार्यक्रम बीच शुभारम्भ गरे ।
यो सेवा नेपालकै पहिलो क्युआर कोडसहितको एप हो भने सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझै नगद भुक्तानी गर्न सकिने गरी ब्यबस्था गरिएको छ । युरोप तथा अमेरिका लगाएत विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिबाट सञ्चालन हुँदै आएको यो सेवा बेलायतमा बसोबास गर्दै आएका नेपाली गैर आवासीय युवा समुहको अग्रसरतामा सञ्चालनमा आएको छ ।
पासवर्डसहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ , जुन सहज र सुरक्षित छ ।
सुरक्षाका लागि यात्रा सुरु गर्नु अगाडि राइड भेरिफिकेसन कोड निश्चित गर्नु पर्ने हुन्छ । नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोगकर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दै छ भन्ने साथी र परिवारले एमएमएस वा इमेलबात तत्काल जानकारी प्राप्त गर्न सकिने छ ।
नयाँ ट्याक्सी सेवाले आफ्नो इच्छाअनुसार भडा दरको सेवा लिन सकिने भएका कारण ठगिनबाट जोगिने र सामान छुट्ने हराउने या दुर्घटना भएको अवस्थामा समेत सुरक्षित भएको ई- क्याब नेपालका अध्क्षय दिपक श्रेष्ठ बताउँछन् ।
‘हामी विदेशमा बसेतापनि उता हामीले सिकेका प्रविधि र कमाइलाई आफ्नै देशमा खर्च/लगानी गरि रोजगार सिर्जना गर्ने चाहना भएबमोजिम यो सेवालाई नाफामुखीभन्दा सेवामुखीको रुपमा लिएर आएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
प्रतिक्रिया 4