+
+

मरिससको फुटबल टिम सोमबार नेपाल आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:४९

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण फुटबल खेल्न मरिससको फुटबल टिम भोलि नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार अफ्रिकी राष्ट्र मरिससको टिम सोमबार बिहान सवा ११ बजे नेपाल आइपुग्ने छन् ।

नेपाल र मरिससबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुँदैछ । एन्फाले फिफा ब्रेकमा नेपाल र मरिससबीच खेल खेलाउन लागेको हो । मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ ।

नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्न लागेको हो । कोभिड-१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेको बेला हुन लागेको नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति दिने वा नदिने निर्णय भइसकेको छैन । एन्फा महासचिव इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेलमा एक तिहाई दर्शक राख्ने र बिना दर्शक खेलाउने भन्ने निर्णय केही दिनमा हुने जानकारी दिए ।

मरिसससँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम अहिले बन्द प्रशिक्षणमा छन् । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको मैदानमा प्रशिक्षण गराइरहेका छन् ।

नेपालले गत असोजमा माल्दिभ्समा साफ च्याम्पियनसिप खेलेपछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हार्दै उपविजेता बनेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?