
९ माघ, गोरखा । प्रेम विवाह गरी भागेको आरोपमा सम्धी सम्धिनी पक्राउ परेका छन् । उनीहरूविरुद्ध बहुविवाह मुद्दा दर्ता भई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सिरानचोक गाउँपालिका–४ भर्लाबोटका ४४ वर्षीय पुरुषले आफ्नै सम्धिनी ४० वर्षीया महिलालाई भगाएर विवाह गरेको प्रहरीले जनाएको छ । केही वर्षदेखि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुल्न आएको लाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए ।
मंसिर २३ गते सम्धिनीलाई भगाएर चितवन लगेछ र त्यतै कोठा लिएर राखेछ,’ उनले भने, ‘पुस २३ गते विवाह गरेको भन्दै आफ्नै घरमा ल्याएपछि उक्त पुरुषको घरमा भएकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभयो ।’सोही जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
प्रहरीका अनुसार उक्त पुरुषको घरमा श्रीमती र दुई छोरा छन् । कान्छो छोराको सासुसँग उनले प्रेम विवाह गरेका हुन् । सम्धीसँग विवाह गर्ने महिलाको श्रीमान् भने रोजगारको शिलशिलामा भारतमा बस्दै आएको बताइएको छ । म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4