
कंगना रनावत । फाइल तस्वीर
१० माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ ।
एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर पनि चलचित्र निर्माण गर्न सकिन्छ भन्ने विषय साउथबाट सिक्न सकिने उनले बताएकी छन् ।
बलिउडकी स्टार अभिनेत्री कंगनाका केही चलचित्र दर्शकमाझ आउँदैछन् । जसमा ‘धाकड’, ‘तेजस’ लगायत छन् । यी दुवै चलचित्र चाँडै सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ ।
हाल कंगना आफ्नै प्रोडक्सन हाउसको पहिलो चलचित्र ‘टिकु वेड्स शेरु’को छायांकनम व्यस्त छिन् । यो चलचित्रमा नवाजुद्दिन सिद्दिकी र अवनित कौरको मुख्य भूमिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4