+
+

अफ्रिका कप अफ नेशन्सको खेल समर्थकबीच क्यामरुनमा झडप, ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते ९:१५

११ माघ, काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने कोसिस गरिरहेका थिए । त्यही बेला मुख्य गेट नजिक भएको दुर्घटनामा आधा दर्जनको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

उक्त रंगशालामा ६० हजार दर्शक अट्ने क्षमता छ । तर कोभिड प्रोटोकल पालना गर्नुपर्दा ८० प्रतिशतभन्दा बढी दर्शक राख्न पाइँदैन्थ्यो ।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै क्यामरुनको मध्य क्षेत्रका गभर्नरले हताहतीको संख्या बढ्न सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार सो घटनामा केही बालबालिका बेहोस् भएका छन् ।

अफ्रिकी फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । खेलमा आयोजक २-१ ले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?